बालकोट: सूर्यविनायक नगरपालिका वडा नंं ३ मा वातावरण तथा साँस्कृतिक धरोहर संरक्षण संस्थाको बहुउपयोगी भवन निर्माणको शिलान्यास गरिएको छ ।

शुक्रबार आयोजित एक कार्यक्रमकाबीच पुजाआज गरि नगर प्रमुख बासुदेव थापाले भवन निर्माण कार्यको शिलान्यास गर्नु भएको हो ।

सो अवसरमा नगर प्रमुख थापाले भवन निर्माण कार्य चाँडै सम्पन्न गर्न आग्रह गर्नुहुँदै रकम अपुग भएमा नगरपालिका सहयोग गर्न तयार रहेको बताउनुभयो ।

नगरपालिकामा आफूले पद बहाली गरेको आठ वर्ष भएको स्मरण गर्नुहुँदै नगर प्रमुख थापाले यो अवधिमा पूर्वाधारको क्षेत्रमा निकै ठूलो फड्को मार्न सफल भएको बताउनुभयो ।

आगामी बाँकि दुई वर्षे कार्यकालमा पनि अधुरा योजना पूरा गर्न लागिपर्ने उहाँले बताउनुभयो ।

वातावरण तथा सांस्कृतिक धरोहर संरक्षण संस्थाका अध्यक्ष हरि शरण सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख सरिता तिमसिना भट्टराई, वडा नंं ३ का वडाध्यक्ष दिपेन्द्र केसी, कार्यपालिका सदस्य हेम दाहाल खतिवडालगायत जनप्रतिनिधि तथा स्थानीयको पनि सहभागिता रहेको थियो ।







