बालकोट: सूर्यविनायक नगरपालिकाले वडा नम्बर २ मा अपाङ्गता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सुर्यविनायक नगरपालिका सामाजिक समावेशीकरण शाखाको आयोजनामा उक्त अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

अपाङ्गता भएका व्यक्तिहरुका हक अधिकारलाई प्रभावकारी रुपमा कार्यान्वयन गरी उनीहरुलाई आत्मनिर्भर र स्वावलम्बी नागरिक बनाउन स्थानीय सरकारले गर्नपर्ने कार्यहरु बारे बुझ्न स्वयम् उनीहरुकै सहभागिता गराएर अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको सुर्यविनायक नगरपालिकाले जनाएको छ ।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्नुहुदै सुर्यविनायक नगरपालिका वडा २ का वडा अध्यक्ष प्रदिप कार्कीले अपाङ्गता भएका व्यक्तिहरुका आर्थिक रुपमा आत्मनिर्भर हुन अत्यन्तै आवश्यक रहेको बताउनुभएको थियो ।

वडा भरिका १० जना भन्दा बढी अपाङ्गता र अपाङ्गता भएका व्यक्तिहरुको अभिभावकहरुको सहभागिता राखेको उक्त अभिमुखीकरण कार्यक्रमलाई अपाङ्गता अधिकारकर्मी जगदीश प्रसाद अधिकारीले प्रशिक्षण गर्नुभएको थियो ।




