सिपाडोल: सूर्यविनायक नगरपालिकाले वडा नं ८ सिपाडोलका कृषकलाई सयपत्री फूलको बेर्ना वितरण गरेको छ । नगरपालिकाले चालू आर्थिक वर्ष २०८१/०८२ अन्तर्गतको पुष्पखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत फूलको बेर्ना वितरण गरेको हो ।

नगर प्रमुख बासुदेव थापाले शुक्रबार आयोजित एक कार्यक्रमकाबीच प्रती कृषक ५ सयका दरले फूलको बेर्ना वितरण गर्नु भएको हो । सो अवसरमा नगर प्रमुख थापाले नगरपालिकाले कृषि क्षेत्रमा लगानी गर्दै आइरहेको बताउनुहुँदै कृषकहरुलाई आत्मनिर्भर बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

वितरण कार्यक्रममा आर्थिक विकास समितिका संयोजक तथा वडा नंं ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, कृषि शाखा प्रमुख शान्तिला बुढाथोकी, कार्यपालिका सदस्य सावित्रा मिश्र लगायतको पनि सहभागिता रहेको थियो ।


