सूर्यविनायक नगरपालिकामा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त भएको दुई वर्ष पूरा,समिक्षात्मक कार्यक्रमको आयोजना

कटुञ्जे: सूर्यविनायक नगरपालिकामा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त भएको दुई वर्ष पूरा भएको छ । विसं २०८० साल बैशाख १६ गते नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यपकहरु नियुक्त भएका थिए ।

आर्थिक वर्ष २०७९/८० सालको नीति तथा कार्यक्रममा नै खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनौट गर्नेबारे उल्लेख गरिएको थियो । त्यती मात्र हैन कार्यविधी नै बनाएर विज्ञापन आब्हान गरि प्रस्ताव सहित पेश गर्न प्रधानाध्यापक बन्न इच्छुकहरुलाई आब्हान गरिएको थियो ।

शिक्षाविदसहितको विज्ञको टोलीले खुल्ला प्रतिस्पर्धा गराई पहिलो पटक नौलो प्रयास स्वस्प प्रधानाध्यापक नियुक्त गरिएको सो विषयले राष्ट्रिय रुपमा नै चर्चा पाएको थियो । संगै अन्य स्थानीय तहहरुले पनि सामुदायीक विद्यालयहरुको गुणस्तर अभिवृद्धिका लागि खुला प्रतिस्पर्धाबाट प्रधानाध्यपक नियुक्त गर्न थालेका छन् ।

खुला प्रतिस्पर्धाबाट प्रधानाध्यपक नियुक्त गरेको दुई वर्ष पूरा भएको अवसरमा यसको प्रभावकारिताबारे समिक्षात्मक कार्यक्रम गरिएको छ । मंगलबारबाट सुरु भएको दुई दिने समिक्षात्मक कार्यक्रमको मेयर बासुदेव थापाले उद्घाटन गर्नु भएको छ ।

नगरभित्रका रहेका २७ वटा विद्यालयमध्ये पहिलो दिनको प्रगति समिक्षा कार्यक्रममा १४ वटा विद्यालयका प्रधानाध्यापकहरुले आ-आफ्नो प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा सिरुटार माध्यमिक विद्यालयका प्रअ नारायण प्रसाद पोखरेल, कुलमाया भगवती मावीका प्रअ हेमन्त ढुंगाना, सोमलिंगेश्वर आधारभुत विद्यालयकी प्रअ मञ्जु बस्नेत खत्री, महेन्द्र शान्ति मावीका प्रअ गोपाल विक्रम थापा, बालविनायक आधारभुत विद्यालयकी प्रअ सविना राजभण्डारी, गणेश आधारभुत विद्यालयकी प्रअ संगिता भट्ट, अरनिको मावीका प्रअ महेन्द्र कुमार श्रेष्ठ र चित्रपुर आधारभुत विद्यालयकी प्रअ रामप्यारी न्हेम्हाफुकीले प्रस्तुतीकरण दिनु भएको थियो ।

यस्तै, बालचेतन आधारभुत विद्यालयका प्रअ युवराज तिमल्सिना, कटुञ्जे आधारभुत विद्यालयकी प्रअ चन्द्रमाश्री बराल, सुवर्णेश्वर आधारभुत विद्यालयकी कृष्मा थोकर, ज्योति माविका प्रअ मिलन कायस्थ, भैरवी आधारभुत विद्यालयका प्रअ राजकुमार बस्नेत र शान्ति निकेतन माविका प्रअ दिपक नेपालले पनि प्रस्तुतीकरण गर्नु भएको थियो । दोस्रो दिन बाँकि १३ वटा विद्यालयको प्रस्तुति रहनेछ ।

विद्यालयको प्रस्तुतिसँगै शिक्षा तथा विज्ञ डा. तुलसी प्रसाद थपलिया र डा. बलराम तिमल्सिनाले पृष्ठपोषणा गर्नु भएको थियो ।

सामाजिक विकास समिति संयोजक तथा नगर प्रवक्ता रविन्द्र सापकोटाको सभापतीत्वमा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख सरिता तिमल्सिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, शिक्षा शाखा प्रमुख रत्न बहादुर कट्वालले कार्यक्रमको उद्देश्य बारेमा प्रकास पार्नु भएको थियो ।

त्यस्तै, कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष सानुकाजी कायस्थ, वडा नंं २ का वडाध्यक्ष प्रदिप कार्की, वडा नंं ३ का वडाध्यक्ष दिपेन्द्र केसी, वडा नंं ४ का वडाध्यक्ष लछुराम न्यौपाने, वडा नंं ५ का वडाध्यक्ष राजकुमार जोशी, वडा नंं ६ का वडाध्यक्ष ईश्वर खडका, वडा नंं ७ का वडाध्यक्ष पुष्पराज बस्नेत, वडा नंं ९ का वडाध्यक्ष भगवान खत्री, वडा नंं १० का वडाध्यक्ष शिवराम राउत, शिक्षा अधिकृत सरस्वती कोइराला र कार्यपालिका सदस्य शर्मीला बस्नेत लम्साल तथा सञ्चारकर्मीहरुको पनि सहभागिता रहेको थियो । समिक्षात्मक कार्यक्रम बुधबारसम्म चल्नेछ ।