पशुमा लाग्ने संक्रामक खोरेत रोग विरुद्ध खोप अभियान सञ्चालन गर्दै सूर्यविनायक नगरपालिका, कुन वडामा कहिले ?

कटुञ्जे: सूर्यविनायक नगरपालिकाले पशुम लाग्ने सक्रामक खोरेतो रोग विरुद्ध खोप अभियान सञ्चालन गर्ने भएको छ । नगरपालिकाको पशुपन्क्षी विकास शाखाले एक सूचना जारी गर्दै खोप अभियान सञ्चलन गर्न लागिएको जनाएको हो । शाखाका अनुसार सबै वडाका घरघरमा पुगेर खोप लगाइन लागिएको हो ।

कार्यातालिका अनुसार वडा नंं १ मा यही जेठ २३ र २४ गते, वडा नंं २ मा २५ र २६ गते, वडा नंं ३ मा २७ र २८ गते, वडा नंं ४ मा २९ र ३० गते, वडा नंं ५ मा असार १ र २ गते खोप लगाइनेछ ।

त्यस्तै गरि वडा नंं ६ मा ३ र ४ गते, वडा नंं ७ मा ५ र ६ गते, वडा नंं ८ मा ७ र ८ गते, वड नं ९ मा ९ र १० गते , वडा नंं १० मा ११ र १२ गते खोप लगाइने कार्यक्रम रहेको छ ।