गुण्डूमा जेष्ठ नागरिक लक्षीत नि:शुल्क स्वास्थ्य शिविर, १ सय ७२ जना लाभान्वित

गुन्डू : सूर्यबिनायक नगरपालिकाको गुण्डू स्वास्थ चौचीमा जेष्ठ नागरिक लक्षित निस्शुल्क स्वास्थ्य शिविर भएको छ । नगरपालिकाको आयोजना तथा सुर्यबिनायक नगर अस्पतालको प्राबिधिक सहयोगमा शिविर सन्चालन गरिएको वडा नं ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले जानकारी दिनु भयो ।

मंगलबार भएको शिविरमा १ सय ७२ जनाले स्वास्थ सेवा लिएका छन् । शिवरमा जेष्ठ नागरिकहरुलाई भिडियो एक्रे , मृगौला परिक्षण, हार्ड जोर्नेि बिषेषज्ञ सेवा प्रदान गरिएको थियो । यसका साथै आवश्यक ओैषधी समेत दिइएको थियो ।