सूर्यविनायकका महिलाहरुलाई ‘सकारात्मक सोच र नेतृत्व कला’ सम्बन्धी उत्प्रेरणामूलक कार्यक्रम

कटुञ्जे : सूर्यविनायक नगरपालिकाले महिला जनप्रतिनिधि तथा महिला दिदिबहिनीहरुको लागी सकारात्मक सोच र नेतृत्व कला सम्बन्धी उत्प्रेरणामूलक कार्यक्रम संचालन गरेको छ ।

नगरपालिकाको सहयोग र दलित महिला सशक्तीकरण केन्द्र नेपालको समन्वयमा भएको कार्यक्रम नगर प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यतामा भएको हो । तीन दिनसम्म चल्ने तालिमको नगर प्रमुख थापाले उद्घाटन गर्नुभयो ।

सो अवसरमा मेयर थापाले नगरपालिकाले महिलाहरुको क्षमता अभिबृद्धि गर्न विभिन्न खालका कार्यक्रम संचालन गर्दै आइरहेको बताउनुभयो ।

आफूले नेतृत्व गरेको पछिल्लो आठ वर्षसम्म पूर्वाधारमा ठूलो बजेट लगानी गरिएको बताउनुहुँदै नगर प्रमुख थापाले अबको दूई वर्ष मानवीय विकासमा लाग्ने स्पष्ट पार्नुभयो ।

उहाँले विशेष गरि महिलाहरुलाई विभिन्न खालका सीपमूलक तथा आयमूलक तालिमलाई जोड दिदैंआएको र स्वरोजगार तथा आत्मनिर्भर बनाउन लागिपरेको बताउनुभयो ।

कार्यक्रममा कार्यपालिका सदस्य शर्मीला लम्साल बस्नेतले महिला दिदीबहिनीहरु घरायसी कामकाजमा खुम्चनुपर्ने बाध्यता रहेको बताउनुहुँदै आफै सक्षम भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा उपप्रमुख सरिता तिमल्सिना भट्टराई, कार्यपालिका सदस्यहरु तारा सापकोटा, कमला पोखरेल, हेमा दाहाल खतिवडा पनि सहभागि हुनुहुन्थ्यो ।

कार्यक्रममा कार्यपालिका सदस्यहरु तारा सापकोटा, कमला पोखरेल, हेमा दाहाल खतिवडा पनि सहभागि हुनुहुन्थ्यो ।

वडा नंं ५ को वडा सदस्य तथा दलित महिला सशक्तीकरण केन्द्र नेपालकी अध्यक्ष गीता बिशुंन्केको सभापतीत्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ प्रशिक्षक रामजी अधिकारीले सकारात्मक सोच र जीवनशैलीका बारेमा प्रशिक्षण दिनु भएको थियो ।