सूर्यविनायकमा ‘बालश्रम मुक्त नगरपालिका निर्माणमा सरोकारवालाको भूमिका’ बिषयक वक्तृत्वकला सम्पन्न

कटुञ्जे : सूर्यविनायक नगरपालिकाको सहयोग र नगर बाल सञ्जालको आयोजनामा ‘बालश्रम मुक्त नगरपालिका निर्माणमा सरोकारवालाको भूमिका बिषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

नगरपालिकाको सभाहलमा बिहीबार नगर प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यतामा भएको प्रतियोगता सम्पन्न भएको हो ।

सो अवसरमा नगर प्रमुख थापाले बालबालीकाहरुको क्षमता प्रस्फूटन गराउन र बाल श्रम मुक्त नगर निर्माणका लागि यस्ता कार्यक्रम सहयोगी बन्ने विश्वास ब्यक्त गर्नुभयो ।

प्रतियोगितामा अमृता मिजार प्रथम, रोजिना शाही द्धितीय, दृष्टि भण्डारी तृतीय, विकल खत्री र विभासा श्रेष्ठ सान्त्वना हुन सफल हुुनभयो ।

विजयी बालबालीकाहरुलाई उपप्रमुख सरिता तिमल्सिना भट्टराई, सामाजिक विकास समिति संयोजक रविन्द्र सापकोटाले नगदसहित प्रमाणपत्र प्रदान गर्नुभयो ।

प्रतियोगिताको निर्णयकमा डा.सीता सुवेदी, पुष्पराज ढकाल, विजया लक्ष्मी सुवेदी हुनुहुन्थ्यो ।

प्रतियोगितामा नगरभरिका सामुदायिकतर्फ माध्यमीक विद्यालय र टोल बाल सञ्जालबाट गरि १६ जना सहभागि रहेको सूर्यविनायक नगर बाल सञ्जाल अध्यक्ष सिम्रन सापकोटाले जानकारी दिनुभयो ।