बालकोटमा ‘न्यायिक संवाद’ कार्यक्रम सम्पन्न, अदालतका मुख्य न्यायाधीशदेखि कानून ब्यवसायी र मेलमेलापकर्तासम्मको सहभागिता (फोटोफिचरसहित)

बालकोट : भक्तपुर जिल्ला अदालतको आयोजनामा बालकोटामा न्यायिक संवाद बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी बालकोट उपशाखाको कार्यालयमा आयोजित कार्यक्रममा न्यायाधीशहरु तथा उच्च पदस्थ कानूनी ब्यवसायीहरुको सहभागिता रहेको थियो ।

भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधीश बासुदेव न्यौपाने अध्यक्षतामा सम्पन कार्यक्रममा न्यायाधीशहरु श्रीप्रसाद ससञ्जेल, रामप्रसाद न्यौपाने, सन्तोष पराजुली , दिलिप राज पन्त, विश्वनाथ भट्टराई, शिव प्रसाद पराजुली, भक्तपुर अदालतका न्यायधिश उपेन्द्र गौतम, श्रेस्तेदार हेमराज शर्मा, तहसिलदार दल बहादुर वजिमया, नेपाल बार भक्तपुर बार ईकाईका अध्यक्ष अधिवक्ता रबिन्द्र प्रधान, प्रशासन अधिकृत हिरा भण्डारी पनि सहभागि हुनुहुन्थ्यो ।

त्यस्तै, सूर्यविनायक नगरपालिका कानुनी सल्लाहकार अधिवक्ता गोबिन्द चौलागाई, बैतनिक अधिवक्ता शेषांक गिरी र सूर्यविनायक नगरपालिका वडा नंं २ का वडा अध्यक्ष प्रदिप कार्की, वडाका जनप्रतिनिधि, वडाको अग्रज ब्यक्तित्वहरु, विभिन्न संघ संस्था तथा टोल सुधार समितिसँग आबद्ध ब्यक्तीत्वहरु र मेलमिलापकर्ताहरुको पनि सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले अदालतको काम कारवाही, फैसाल, कानुन, न्यायको बिषयमा गरिएको प्रश्नको जवाफ दिनु भएको थियो ।

कार्यक्रममा अदालतले गर्ने काम कारवाही र सोको प्रशासनिक ब्यवस्थापन लगायतका बिषयमा जानकारी दिन प्रोजेक्टर सलाईड मार्फत प्रशासन अधिकृत हिरा भण्डारीले प्रस्तुती दिनु भएको थियो ।

सूर्यबिनायक नगरपालिका वडा नं २ का वडा अध्यक्ष प्रदिप कार्कीले माननीय न्यायाधिशहरुलाई स्बागत एव नगरपालिकाको तर्फबाट मायाको चिनो प्रदान गरी सम्मान गुर्नभयो ।

साथै जनतासँग अदालत बिषयमा स्थानीय सरकारको पनि महत्वपुर्ण भुमीका हुने भएकोले न्यायिक समितिले गर्ने न्यायिक कार्यले सेतुको काम गरेकोले यस्तो कार्यक्रमको निरन्तरता भबिष्यमा हुनेअपेक्षा राख्दै वडाले अदालतमा गर्ने सिफारीसको बिषयमा भएको अज्ञानता, अलमललाई सहजीकरण गरिदिन आग्रह गर्नुभएको थियो ।