नगरसभा सम्पन्न गरेलगत्तै विकास निर्माणकै काममा तल्लीन मेयर थापा, मंगलबार पाखागाउँको प्रवेशद्धार र ढुंगेधाराको उद्घाटन

नंखेल : सूयंविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले वडा नंं ९ स्थित पाखागाउँको गेट र जीर्णेद्धार गरिएको लप्टन ढुंगेधाराको उद्घाटन गर्नु भएको छ । मंगलबार आयोजित एक कार्यक्रमकाबीच नगर प्रमुख थापाले प्रवेशद्धार र ढुंगेधाराको उद्घाटन गर्नु भएको हो ।

नगरसभाको १८ औं अधिवेशन भब्यताका सम्पन्न गर्नु भएसँगै नगर प्रमुख थापा विकास निर्माणको कार्यमा सक्रियताका साथ लागीपर्नु भएको हो ।

संघीयता कार्यान्वयनमा आएपछि बनेको स्थानीय तह अन्तर्गत सूर्यविनायकमा दोस्रो कार्यकाल गरि हालसम्म आठ वर्ष नेतृत्व गरिसक्नु भएको छ । थापाको नेतृत्वमा हालसम्म १८९ औं कार्यापालिका बैठक र १८ औं अधिवेशन सर्वसम्मत पारित भएका छन् ।

त्यस्तै, नगरपालिका यो अवधिमा १५५ किलोमिटर पक्की नाली सहितको कालोपत्रे सडक, मोटरेबल पुल ४१ वटा, सडक बत्ती ६ हजार ५ सय वटा गरि सबै वडा केन्द्रहरु स्तरीय सडक संजालमा जोड समग्र दिगो पूर्वाधार विकासमा ठूलो फड्को मार्न सफल भएको छ ।

उद्घाटन कार्यक्रममा वडाध्यक्ष भगवान खत्री, कार्यपालिका सदस्य शर्मीला लम्साल बस्नेत, जनप्रतिनिधिहरु विनय महत, गंगा खडका, पुजा बराहलगायत सहभागि हुनुहुन्थ्यो ।