बालकोट : सूर्यबिनायक नगरपालिकाको वडा नंं २ स्थित बालकोटमा ज्येष्ठ नागरिक लक्षित निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना र सूर्यबिनायक नगर अस्पतालको प्राबिधिक सहयोगमा शिवीर संचालन गरिएको हो ।

नगर प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ज्येष्ठ नागरिकहरुलाई ह्वलचियर र बैशाखी समेत वितरण गरिएको थियो ।

वडा नंं २ का वडाध्यक्ष प्रदीप कार्कीका अनुसार शिविरमा दुई सय जना जेष्ठ नागरिक आमाबुबाहरुले प्रोस्टेट,अर्थपेडिक र जनरल फिजिसियन सेवा लिनु भएको थियो ।

जेष्ठ नागरिकहरुलाई भिडियो एक्स्ररे , मृगौला परिक्षण, हार्ड जोर्नी विशेषज्ञ सेवा प्रदान गरिएको थियो । यसका साथै आवश्यक ओैषधी समेत दिइएको थियो ।






