सिरुटार: सूर्यविनायक नगरपालिका वडा नंं १ मा अवस्थित क्यानडिड करिअर ई स्कुलले माध्यमिक शिक्षा परीक्षा एसईई २०८१ मा भक्तपुर जिल्लामै सबैभन्दा बढी ४ जिपीए ल्याउन सफल भएको छ ।

यो स्कुलबाट ४ जना विद्यार्थीले ४ जिपीए ल्याउन सफल भएका हुन । ४० जनाले एसईई परीक्षामा सामेल भएकोमा विद्यालयबाट शत प्रतिशत उतीर्ण भएका छन् ।

त्यस्तै, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सूर्यविनायक नगरपालिकाको आयोजनामा भक्तपुर जिल्लाभरिबाट ४ जिपीए प्राप्त गर्ने र विद्यालयमै उत्कृष्ठ अंक ल्याउने विद्यार्थीलाई सम्मान गरिएको छ ।

सूर्यविनायक नगर प्रमुख बासुदेव थापाले विद्यार्थीहरुलाई खादा, माला र प्रमाणपत्रसहित सम्मान गर्नु भएको हो ।




