नन्दीकेश्वर महादेव मन्दिरमा श्रावणी मेला शूरु, मेयर बासुदेव थापाद्धारा उद्घाटन, धार्मिक क्षेत्रको संरक्षण तथा सम्बद्र्धन गर्नुपर्नेमा जोड

नंखेल (नन्दीकेश्वर): सूर्यविनायक नगरपालिका वडा नंं ९ मा अवस्थित नन्दीकेश्वर महादेव मन्दिरमा श्रावणी मेला तथा भक्ति संगीत धार्मिक अनुष्ठान शुभारम्भ भएको छ । भब्य कलश यात्रा पछि आयोजित कार्यक्रमकाबीच सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले नन्दीकेश्वर महादेवको श्रावणी मेलाको उद्घाटन गर्नुभयो ।

सो अवसरमा नगर प्रमुख थापाले नगरपालिकाले धार्मिक, ऐतिहासिक तथा साँस्कृतिक महत्व बोकेका मठ, मन्दिर, पाटी, पौवा र फल्चा निर्माण, पुर्ननिर्माण तथ मर्मतसम्भार गर्ने कार्य गर्दै कला र धर्म संस्कृतिको संरक्षणगर्ने काम गरिहेको बताउनुभयो ।

प्रमुख थापाले लिच्छिवीकालीन नन्दीकेश्वर महादेव मन्दिर परिसरमा मूल गेट प्रवेशद्धार निर्माणको लागि नगरपालिकाले यसअघि नै १० लाख बजेट छुट्याएकोमा अपुग रकमका लागि पनि आवश्यक बजेट विनियोजन गर्ने बताउनुभयो ।

मेलाको शुभारम्भ कार्यक्रममा सूर्यविनायक नगरपालिका उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, नगर प्रवक्ता रविन्द्र सापकोटा, वडा नंं २ का वडाध्यक्ष प्रदीप कार्की, ८ का वडाध्यक्ष पुष्पराज बस्नेतलगायत जनप्रतिनिधिहरुले मेलाको भब्य सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।

समितिका अध्यक्ष श्रीराम ब्याञ्जुको सभापतीत्वमा सम्पन्न कार्यक्रममा वडा सदस्य विनय महत र सयौ स्थानीय तथा भक्तजनहरुको सहभागिता रहेको थियो ।