सूर्यविनायक (कटुञ्जे), भदौ १ : सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले हालै बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा पुनः नियुक्त हुनुभएका किरण थापा मगरलाई बधाई तथा सम्मान गर्नु भएको छ ।

नगर प्रमुख थापाले सम्पूर्ण नगरवासीको तर्फबाट समेत मन्त्री थापालाई सफल कार्यकालका लागि शुभकामना प्रकट गर्नुभएको हो ।

सोही अवसरमा नगर प्रमुख थापाले मन्त्री मगरलाई मायाको चिनो समेत प्रदान गर्नु भएको थियो । प्रदेशको स्वास्थ्य प्रणाली सुदृढ पार्न र जनतालाई सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न मन्त्री थापाको कार्यकाल ऐतिहासिक बन्ने प्रमुख थापाले विश्वास व्यक्त गर्नुभयो।
नगर प्रमुख थापाले मन्त्री मगरसँगको समन्वय र सहकार्यलाई आगामी दिनहरूमा अझ मजबुत बनाउँदै सूर्यविनायक नगरवासीको स्वास्थ्य सेवामा थप सुधार ल्याउने पनि बताउनुभयो ।

सो अवसरमा उपप्रमुख सरिता तमिल्सिना भट्टराई र प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले पनि खादा लगाएर बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको थियो ।

