सूर्यविनायक (कटुञ्जे), भदौ १ । सूर्यविनायक नगरपालिकाको पशुपन्छी विकास शाखाले गाई/भैंसीमा देखिने संक्रामक लम्पी स्किन रोग विरुद्ध विशेष खोप अभियान सञ्चालन गर्न लागेको छ। खोप अभियान सोमबार भदौ २ गतेदेखि ६ गतेसम्म विभिन्न वडामा सञ्चालन गरिन लागिएको हो ।
खोप अभियान वडा नंं ९ र १० मा सोमबार २ गते आयोजना गरिनेछ । त्यस्तै, ३ गते वडा नंं ७ र ८, ४ गते वडा नंं ५ र ६, ५ गते वडा नंं ३ र ४, ६ गते वडा नंं १ र २ तथा ७ गते छुटेका पशुपालन फर्महरुमा खोप अभियान संचालन गरिनेछ ।
खोप अभियानका लागि प्राविधिक ईश्वर पराजुलीलाई खटाइएको र जानकारीको लागि ९८४९२९५७३० मा सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ । नगरपालिकाले सबै पशुपालकहरूलाई तोकिएको मितिमा पशुधनसहित खोप केन्द्रमा उपस्थित हुन आग्रह गरेको छ ।


