भक्तपुर (बालकोट), ५ भदौ — अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा सूर्यविनायक नगरपालिका वडा नम्बर २ मा एक विशेष सम्मान कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रम लायन्स क्लब अफ काठमाडौं र बसीको ज्येष्ठ नागरिक समाजको संयुक्त आयोजनामा गरिएको हो । कार्यक्रममा ज्येष्ठ नागरिकहरुलाई नगद्सहित vखादा, माला र दोसल्ला लगाएर सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा वडा नंं २ का वडाध्यक्ष प्रदीप कार्कीले सम्पूर्ण सम्मानित तथा पूजनीय जेष्ठ नागरिक आमा बुबाहरूलाई शुभकामना व्यक्त गर्नुभयो । उहाँले जेष्ठ नागरिकहरू राष्ट्र, समाज र परिवारका आधारशिला भएको उल्लेख गर्दै उहाँहरूको सुस्वास्थ्य, दीर्घायु र सम्मानित जीवनको कामना पनि गर्नुभयो ।

‘हाम्रा आमा, बुबाहरु अनुभव र शिक्षाका जीवित स्रोत हुन, उहाँहरूलाई सम्मान गर्नु हाम्रो कर्तव्य मात्र नभई संस्कार पनि हो”, वडाध्यक्ष कार्कीले भन्नुभयो ।

८० बर्ष भन्दा माथिको आमाबुबा ४ जनालाई लायन्स डिस्ट्रिक कामाण्डौले नगद सहित सम्मान गरेको थियो । कार्यक्रममा बालकुमारी मन्दिर निर्माण समिति अध्यक्ष ई श्रीराम श्रेष्ठ, लायन्स क्लब अफ डिस्ट्रिका अध्यक्ष महेश्वर कुमार श्रेष्ठ, कोडिनेटर अनिता थापा बिष्ट र बालकृष्क्ण श्रेष्ठले जेष्ठ नागरिकहरुप्रतिको सम्मानको बिययमा धारणा राख्नु भएको थियो ।
कार्यक्रमको अध्यक्षता बिष्णु प्रसाद घिमिरेज्युले गर्नुभएको थियो । कार्यक्रममा ज्येष्ठ नागरिकहरु, विभिन्न संघ संस्था तथा नागरिक समाजको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमले पुस्ताबीचको सम्बन्ध मजबुत बनाउने र जेष्ठ नागरिकको सम्मान अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।









