सूर्यविनायक मेयर कप अन्तर क्लव फुटसल प्रतियोगिता असोज २ गतेदेखि हुने

भक्तपुर (कटुञ्जे), भदौ १९ — सूर्यविनायक नगरपालिकाले “मेयर कप अन्तर क्लव फुटसल प्रतियोगिता २०८२” आयोजना गर्ने भएको छ। सूर्यविनायक नगरपालिका अन्तर्गत रहेको नगर खेलकुद विकास समितिको आयोजनामा आगामी असोज २-४ गतेसम्म फुटसल प्रतियोगिता आयोजना गरिन लागिएको हो ।

प्रतियोगिताको तयारीको लागि समितिले आवश्यक प्रक्रिया अगाडि बढासकेको छ । समितिका सदस्य सचिव दीपक थापाले सहभागी क्लबहरूको लागि आइतबार २२ गतेदेखि २९ गतेसम्म दर्ता गर्ने समयावअधि तोकिएको छ । इच्छुक क्लबहरूले २९ गतेभित्र सूर्यविनायक नगरपालिकाको कार्यालयमा आवश्यक विवरणसहित दर्ता गर्न सक्नेछन् ।

प्रतियोगितामा सहभागिताका लागि खेलाडीहरूको उमेर १६ देखि ४० वर्षसम्मको हुनुपर्ने र खेलको समय १४ मिनेट तोकिएको छ । साथै दुबै हाफ ७/७ मिनेटको हुनेछ। सहभागी खेलाडीहरू सूर्यविनायक नगरपालिकाभित्र स्थायी वा अस्थायी रूपमा बसोबास गरेको प्रमाण पेश गर्नुपर्नेछ ।

दर्ता प्रक्रिया निःशुल्क गरिएको छ । प्रतियोगिता सम्बन्धी कुनै उजुरी वा दावी भएमा तोकिएको शुल्कसहित प्रमाणसहितको निवेदन दिन सकिने व्यवस्था गरिएको छ। खेलाडीको संख्या ८ जनाको हुनेछ ।

नगर खेलकुद विकास समितिका अनुसार प्रतियोगिता समावेशी, मर्यादित र प्रतिस्पर्धात्मक बनाउने उद्देश्यले विस्तृत नियमावली तयार पारिएको छ र त्यसको पूर्ण पालना अनिवार्य गर्नुपर्नेछ । खेल अवधिमा हुने सामान्य चोटपटकको उपचारको व्यवस्था आयोजकले नै गर्नेछ।

स्थानीय युवा शक्ति र खेलकुद क्षेत्रको विकासमा सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिन लागिएको यस प्रतियोगिता भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि तयारी तीव्र पारिएको छ। नगरका युवाहरूको सहभागिता र उत्साहले प्रतियोगितालाई थप ऊर्जा प्रदान गर्ने विश्वास आयोजकको रहेको छ।