भक्तपुर (कटुञ्जे): सूर्यविनायक नगरपालिकाको वडा नं.५ कार्यालय, कुटुन्जे, भक्तपुरले आफ्नो वडा क्षेत्रभित्र घर बनाएर विभिन्न प्रयोजनमा भाडामा दिने घरधनीहरूलाई ३५ दिनभित्र विवरण पेश गर्न आग्रह गरेको छ ।
वडाध्यक्ष राजकुमार जोशीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, वडामा घर बनाएर विभिन्न प्रयोजनमा आफ्नो घर भाडामा दिनु हुने घरधनीहरूले भाडामा बस्ने व्यक्ति वा संस्था सम्बन्धी विवरण तीनपुस्ते जानकारीसहित वडामा उपस्थित गराउन अनुरोध गरिन्छ।
वडा कार्यालयले सूचना जारी गरेको मितिले ३५ दिनभित्र विवरण पेश गर्नुपर्ने जनाएको छ। यदि सो अवधि भित्र विवरण नपुगेमा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने वडा कार्यालयले जनाएको छ।
सुरक्षा, शान्ति सुव्यवस्था तथा स्थानीय प्रशासनको सूचनाको अभिलेख व्यवस्थित गर्नका लागि यस्तो निर्णय लिइएको बताइएको छ।


