गुण्डूलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी, ४० सूचक पूरा

गुण्डू— बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने उद्देश्यले आयोजित ५१ सूचकको प्रारम्भिक मूल्यांकन कार्यशाला सम्पन्न भएको छ। कार्यशालामा समूहगत छलफलमार्फत ५१ मध्ये ४० सूचक पूर्ण रूपमा पूरा भएको निष्कर्ष प्रस्तुत गरिएको छ।

बाँकी ११ सूचकका लागि कार्ययोजना तयार गरी चैत्र मसान्तभित्र आवश्यक कार्यहरू सम्पन्न गर्ने निर्णय गरिएको वडाध्यक्ष रबीन्द्र सापकोटाले जाकारी दिनुभयो । आवश्यक सूचकहरू पुरा भएपछि गुण्डूलाई बालमैत्री वडा घोषणा गर्ने तयारी अघि बढाइने बताइएको छ।

वडास्तरमै बालबालिकाको अधिकार, सुरक्षा, सहभागिता र अनुकूल वातावरण सुनिश्चित गर्न लक्ष्य राखिएको यो पहललाई स्थानीय सरोकारवालाले स्वागत गरेका छन्।