सिरूटार बालमैत्री वडा घोषणातर्फ अघि बढ्दै, ३३ सूचक पूरा

सिरुटार : सूर्यविनायक नगरपालिका–१, सिरूटारलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी महत्वपूर्ण चरणमा प्रवेश गरेको छ। ५१ सूचकको प्रारम्भिक मूल्यांकन कार्यशालामा समूहगत छलफलबाट ३३ सूचक पूरा भएको पुष्टि गरिएको छ।

बाँकी १८ सूचकका लागि कार्ययोजना अनुसार आवश्यक गतिविधि सञ्चालन गरी फागुन मसान्तसम्म वडालाई पूर्ण रूपमा बालमैत्री वडा घोषणा गर्ने निर्णय गरिएको वडाध्यक्ष सानुकाजी कायस्थले जानकारी दिनुभयो ।

यस निर्णयले बाल अधिकार, सुरक्षा, सहभागिता र समग्र विकासमा वडाको प्रतिबद्धता झनै मजबुत बनाएको छ।