कटुञ्जे : सूर्यविनायक नगरपालिकामा लैंङ्गिक हिँसा विरुद्धको १६ दिने अभियानको औपचारिक शुभारम्भ गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यको प्रमुख आतिथ्यतामा विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरुको उपस्थितिमा औपचारिक रुपमा शुभारम्भ गरिएको हो ।
“प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने नाराका साथ यो वर्ष यो अभियान संचालन गरिदैंछ ।

सो अवसरमा डिजिटल माध्यममा बढ्दो लैङ्गिक हिंसा रोकथामका लागि सचेतना, सहकार्य र प्रविधिको सकारात्मक तथा सुरक्षित प्रयोग अनिवार्य भएकोमा जोड दिइएको छ । डिजिटल सुरक्षा, गोपनीयता तथा सम्मानजनक अनलाइन वातावरण निर्माणमा संस्थागत तथा सामुदायिक भूमिकाको आवश्यकता औंल्याइएको थियो।
नगरपालिकाले यस अभियानमार्फत समुदायमा जनचेतना अभिवृद्धि गर्ने, डिजिटल हिंसा पहिचान तथा रोकथामका उपायबारे जानकारी प्रवाह गर्ने, र नागरिकलाई सुरक्षित डिजिटल अभ्यासतर्फ प्रोत्साहित गर्ने लक्ष्य राखेको छ।

