सूर्यविनायकमा ढक, तराजु दर्ता तथा नवीकरण शिवीर सम्पन्न

कटुञ्जे: सूर्यविनायक नगरपालिकाले ढक, तराजु दर्ता तथा नवीकरण शिवीर सम्पन्न गरेको छ । नगरपालिकाले सूर्यविनायक र बालकोटमा एक/एक दिन शिवीर आयोजना गरेको हो ।

भक्तपुर उद्योग वाणिज्य सङ्घको सहकार्यमा नगरपालिकाले आयोजना गरेको शिवीरमा १ सय ६८ जना ब्यवसायीले दर्ता तथा नवीकरण गरेका छन् ।

शिविरमा नेपाल गुणस्तर तथा नापतौल कार्यालयको टोलीले प्राविधिक सहयोग गरेको थियो । नगरपालिकाले यस्तो शिविर हरेक वर्ष सञ्चालन गर्दै आएको छ ।

त्यस्तै, नगरपालिकाले प्रमाणित ढक, तराजु मात्र प्रयोग गर्न व्यवसायीलाई आग्रह गरेको छ । अप्रमाणित ढक तथा तराजुको प्रयोगले उपभोक्ता ठगिने जनाउँदै यसलाई पूर्ण निस्तेज बनाउन नगरपालिकाले आग्रह गरेको हो ।