स्वीस रेडक्रस प्रतिनिधि एलेक्जेन्द्रा पापिजको सूर्यविनायक नगरपालिकामा स्वागत

कटुन्जे: सूर्यविनायक नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारी र स्वीस रेडक्रसको सहयोगमा सञ्चालन हुन लागिरहेको ‘स्वस्थ बुढ्यौलीका लागि सहारा’ परियोजनाको अनुगमन तथा समन्वयका लागि स्वीस रेडक्रस स्वास्थ्य–बुढ्यौली विभागकी सल्लाहकार एलेक्जेन्द्रा पापिजले नगरपालिकाको भ्रमण गर्नुभयो ।

स्वीस रेडक्रसकी पाहुनालाई नगरपालिकाका नगरप्रमुख बासुदेव थापा, उपप्रमुख सरिता भट्टराई तथा प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले आतिथ्यपूर्वक स्वागत गर्नुभयाे ।