कटुञ्जे । सूर्यविनायक नगर खेलकुद विकास समितिले नेपाल राष्ट्रिय खेल भलिबलका प्रशिक्षक उत्सव खड्का (FIVB Level–3) लाई भलिबल खेलको विकास तथा प्रवर्द्धनमा पुर्याउनुभएको योगदानको कदर गर्दै सम्मान गरिएको छ।

समितिको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच नगरपालिका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले सम्मान गर्नुभयो ।

सो अवसरमा वडा नं २ का वडा अध्यक्ष प्रदिप कार्की, नगर खेलकुद विकास समितिका सदस्य–सचिव दीपक थापा सहित विभिन्न खेलकुद क्षेत्रमा सक्रिय ब्यक्तीहरुको उपस्थिति रहेको थियो।

सो अवसरमा कोच खड्काले राष्ट्रिय टिमलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गराउँदै नेपाली भलिबलको प्रतिष्ठा बढाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै प्रेरणादायी योगदान रहने अपेक्षा गरिएको छ ।
समितिद्वारा प्रदान गरिएको यस सम्मानले खेलकुद क्षेत्रमा सक्रिय प्रशिक्षक तथा खेलकर्मीहरूलाई थप उत्साह र प्रोत्साहन प्राप्त हुने विश्वास पनि व्यक्त गरिएको छ।

