सिरुटार — सुर्यविनायक नगरपालिका–१ स्थित सोमलिङ्गेश्वर आधारभूत विद्यालयमा लागुऔषधि दुरुपयोग नियन्त्रणका लागि प्रशिक्षण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रम वडा कार्यालयको आयोजनामा तथा नेपाल प्रहरीको सहकार्यमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको हो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष सानुकाजी कायस्थको विशेष उपस्थिति रहेको थियो। साे अवसरमा प्रहरी सहायक निरीक्षक अम्बिका बस्नेतले विद्यार्थी तथा अभिभावकलाई लागुऔषधि दुरुपयोगका जोखिम, पहिचानका उपाय तथा रोकथामका विधिबारे विस्तृत प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

सचेतना सत्रलाई बाल–मैत्री सहजकर्ता पुर्णिमा कायस्थले सहजीकरण गर्नुभएको थियो। उहाँले बालबालिकामा सकारात्मक व्यवहार विकास, आत्म-सुरक्षा र समुदायमा जिम्मेवारीपूर्ण भूमिका निभाउने विषयमा मार्गदर्शन गर्नु भयो ।

