सूर्यविनायक मेयर कप अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सुरु, उपप्रमुख भट्टराईद्धारा औपचारिक उद्घाटन

कटुञ्जे, मंसिर १८: सूर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिद्वारा आयोजित मेयर कप अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता–२०८२ सुरु भएको छ । प्रमुख अतिथिका रूपमा उपस्थित सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भट्टराईले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभयो।

उद्घाटन कार्यक्रममा विशेष अतिथिका रूपमा सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापा तथा नेपाल ब्याडमिन्टन सङ्घ भक्तपुरका अध्यक्ष राजेन्द्र प्रजापति उपस्थित रहनुभएको थियो।

त्यसैगरी नगर खेलकुद विकास समितिका सदस्य–सचिव दीपक थापा तथा विभिन्न क्लबका प्रतिनिधि खेलाडीहरूको उल्लेखनीय उपस्थिति रही समारोह उत्साहपूर्ण बनेको थियो।

प्रतियोगिता स्थानीय खेलकुदको प्रवर्द्धन, प्रतिभाको पहिचान र खेलकुदमैत्री समाज निर्माण गर्ने उद्देश्यका साथ सञ्चालन भइरहेको समितिले जनाएको छ ।