नगर प्रमुख बासुदेव थापाले सूर्यविनायक नगरपालिका–९ अन्तर्गत महत गाउमा निर्माण हुन लागेको बहुउद्देश्यीय सामुदायिक भवनको शिलान्यास गर्नु भएको छ ।
सो अबसरमा नगर प्रमुख थापाले भवन निर्माणले स्थानीयस्तरमा आवश्यक पूर्वाधार विकासलाई गति दिने विश्वास व्यक्त गर्नुभयो।

प्रमुख थापाले समुदायको आवश्यकताअनुसारका पूर्वाधार निर्माणलाई नगरपालिकाले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुभयो । भवन सम्पूर्ण स्थानीयवासीका लागि उपयोगी केन्द्रका रूपमा स्थापित हुने विश्वास पनि व्यक्त गर्नु भयो ।

कार्यक्रममा वडा अध्यक्ष भगवान खत्री, वडा सदस्य विनय महत सहित स्थानीय प्रतिनिधिहरू तथा समाजका पदाधिकारीहरूले नगरपालिकाको सहयोग र प्रमुख थापाको सक्रिय नेतृत्वप्रति धन्यवाद व्यक्त गर्दै भवन निर्माणले समुदायको सामाजिक, सांस्कृतिक तथा शैक्षिक गतिविधिमा थप सुदृढता ल्याउने धारणा राख्नु भयो ।

