सूर्यविनायक नगरपालिकाको वडा नं. ४ बाट ज्येष्ठ नागरिक परिचयपत्र वितरण हुने

दधिकाेट : सूर्यविनायक नगरपालिकाको वडा नं. ४ ले महिला, बालबालिका तथा जेठ नागरिक शाखाको समन्वयमा ज्येष्ठ नागरिक परिचयपत्र वितरण हुने भएको छ।

नगर कार्यपालिकाको निर्णय बमोजिम ६० वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गर्न लागिएको हो।

यसका लागि नागरिकले आवश्यक कागजातसहित वडा कार्यालयमा उपस्थित हुनुपर्ने वडा कार्यालयले जनाएको छ।
वडा अध्यक्ष लक्ष्मण न्यौपानेद्वारा हस्ताक्षरित सूचना अनुसार आवश्यक कागजातहरू यसप्रकार रहेका छन्:

  1. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि – १
  2. बसाइँसराइ प्रमाणपत्रको प्रतिलिपि – १
  3. पासपोर्ट साइज फोटो – २ प्रति

नगरपालिकाले तोकिएको कागजातसहित वडा कार्यालयमा समयमै उपस्थित भई परिचयपत्र लिएर आवश्यक सुविधा प्राप्त गर्न सबै ज्येष्ठ नागरिकलाई अनुरोध गरेको छ।