सूर्यविनायकमा नगर प्रहरी बल पुनर्ताजगी तालिम सम्पन्न


अनुशासन, व्यावसायिकता र नियमित तालिम नगर सुरक्षाको मेरुदण्ड : मेयर थापा

सूर्यविनायक — सूर्यविनायक नगरपालिकामा सञ्चालन गरिएको नगर प्रहरी बल पुनर्ताजगी (Refresher) तालिम आज एक विशेष समारोहका बीच सम्पन्न भएको छ।

समापन कार्यक्रममा नगर प्रमुख बासुदेव थापाले तालिम सफलतापूर्वक पूरा गरेका नगर प्रहरीहरूलाई प्रमाणपत्र वितरण गर्नु भयो ।

नगर प्रमुख थापाले नियमित तालिम, अनुशासन र व्यावसायिक दक्षता नगर सुरक्षाको आधारभूत आवश्यकता भएको बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य तथा वडा नं. १ का वडा अध्यक्ष सानुकाजी कायस्थले नगर सुरक्षामा नगर प्रहरीको जिम्मेवारी, जनसेवासँग सम्बन्धित व्यवहार र दिगो सुरक्षा व्यवस्थापनमा महत्त्वपूर्ण योगदान हुने बताउनुभयो ।

समापन कार्यक्रममा अन्य जनप्रतिनिधि, कर्मचारी तथा सहभागी नगर प्रहरीहरूको उपस्थिति रहेको थियो।

नगरपालिकाले हरेक वर्ष नगर प्रहरीहरूको क्षमतावृद्धि, शारीरिक तन्दुरुस्ती, नागरिकमैत्री सेवा प्रवर्द्धन र कार्यप्रणाली सुधारका उद्देश्यले यस्तो किसिमको पुनर्ताजगी तालिम सञ्चालन गर्दै आएको छ।