सूर्यविनायकमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ ११ देखि १३ गतेसम्म हुने भएको छ । नगर प्रमुख तथा नगर खेलकुद विकास समितिका अध्यक्ष बासुदेव थापाको अध्यक्षतामा आइतबार बसेको बैठकले तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ ११ गतेदेखि १३ गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो ।
नगर खेलकुद विकास समितिको आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा नगरभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी खेलाडीहरूको सहभागिता रहनेछ। प्रतियोगिताका खेलहरू विभिन्न ६ वटा विधामा खेलाइने जनाइएको छ।
नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापाले विद्यार्थीहरूको प्रतिभा पहिचान, अनुशासन र खेलभावनाको विकासका लागि प्रतियोगिता महत्वपूर्ण रहेको उल्लेख गर्दै सबै विद्यालय, शिक्षक तथा खेलाडी भाइबहिनीहरूलाई उत्साहपूर्वक सहभागिता जनाउन आग्रह गर्नु भएको छ ।



