ओम शान्ति टोल सुधार समाजको १३औँ साधारणसभा सम्पन्न,नयाँ कार्यसमिति चयन तथा सम्मान कार्यक्रम

कटुन्जे: भक्तपुरको सूर्यविनायक नगरपालिका–५, कटुन्जेमा अवस्थित ओम शान्ति टोल सुधार समाजको १३औँ साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ।

साधारणसभा सूर्यविनायक नगरपालिका–५ का वडा अध्यक्ष राजकुमार जोशीको प्रमुख आतिथ्यता तथा नगर खेलकुद विकास समिति, सूर्यविनायकका सदस्य–सचिव दिपक थापाको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा कटुन्जे घट्टेखोला खानेपानी उपभोक्ता समितिका अध्यक्ष प्रकाश ढुङ्गेल, समाजसेवी सुमित्रा थापा, वरिष्ठ अधिवक्ता हरि निरौला लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको विशेष आतिथ्यता रहेको थियो।

टोलबासी, सल्लाहकार संयोजक तथा सल्लाहकारहरूको उपस्थितिमा सम्पन्न साधारणसभाबाट ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।

कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष हरि बास्तोलाले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन समाजका सचिव कुमारबाबू बस्नेतले गर्नुभएको थियो।

कार्यक्रममा सूर्यविनायक नगरपालिका–५ का वडा अध्यक्ष राजकुमार जोशीलाई समाजको तर्फबाट नागरिक अभिनन्दनसहित सम्मान गरिएको छ। साथै समाज तथा टोलको विकासमा योगदान पुर्‍याउने विभिन्न विधाका ६ जना समाजसेवी व्यक्तित्वहरूलाई दोसल्ला, प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको छ।

सम्मानित व्यक्तित्वहरूमा समाजसेवी सुमित्रा थापा, नगर खेलकुद विकास समिति सदस्य–सचिव दिपक थापा, कटुन्जे घट्टेखोला खानेपानी समितिका अध्यक्ष प्रकाश ढुङ्गेल, १ नं क्षेत्रीय अध्यक्ष सानुकान्छा बखुन्छे, समाजसेवी तथा वरिष्ठ अधिवक्ता हरि निरौला र हार्डजोर्नी तथा नसा रोग विशेषज्ञ डा. राजीव बास्तोला रहेका छन्।

यसै अवसरमा गत वर्षको SEE परीक्षामा उत्कृष्ट नतिजा ल्याउने टोलका छात्र प्रान्जल श्रेष्ठलाई ‘शैक्षिक सम्मान–२०८१’ अन्तर्गत नगद पुरस्कारसहित सम्मान गरिएको छ। साधारणसभाले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

यस्तो छ नबनिर्वाचित नयाँ कार्यसमिति-:

श्री हरि प्रसाद बास्तोला- अध्यक्ष
श्री केशरा दाहाल बस्नेत-उपाध्यक्ष
श्री कुमारबाबू बस्नेत(TB)- सचिव
श्री मोहन कुमार श्रेष्ठ- सह-सचिव
श्री केशव कुमार पोख्रेल- कोषाध्यक्ष
श्री निरोज बिस्ट- सदस्य
श्री बिनोद कार्की- सदस्य
श्री राजवाबु भौकाजी-सदस्य
श्री उमेश के.सी.-सदस्य
श्री सरोज थापा-सदस्य
श्री हेमकुमार घिमिरे- सदस्य