सूर्यविनायकका ६० संस्थागत विद्यालयकाे वर्गीकरण, काठमाण्डु वर्ल्ड स्कुल ‘विशिष्ट’मा, अरू कुन विद्यालय कुन श्रेणीमा ?

कटुन्जे, २ जेठ : सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित संस्थागत (निजी) विद्यालयहरूको स्तरीकरण गर्दै कुल ६० वटा विद्यालयलाई ‘क’, ‘ख’ र ‘ग’ वर्गमा वर्गीकरण गरेको छ।

नगर शिक्षा समितिको मूल्यांकनका आधारमा पूर्वाधार, शैक्षिक उपलब्धि, शिक्षक–कर्मचारीको योग्यता तथा जनशक्ति, शिक्षण–सिकाइको अवस्था र समग्र शैक्षिक वातावरणलाई आधार मानेर वर्ग निर्धारण गरिएको हो।

नगरपालिकाभित्र रहेका १० वटा वडामा सञ्चालनमा रहेका ती विद्यालयहरूको विस्तृत अध्ययनपछि गुणस्तरका आधारमा वर्गीकरण गरिएको नगर शिक्षा समितिले जनाएको छ।

नगरपालिकाका उपसचिव रत्नबहादुर कटुवालका अनुसार विद्यालयहरूको भौतिक पूर्वाधार, शैक्षिक उपलब्धि, शिक्षक–कर्मचारीको योग्यता, शिक्षण–सिकाइ प्रक्रिया तथा समग्र विद्यालय वातावरणलाई मुख्य आधार बनाएर यो स्तरीकरण गरिएको हो।

कुन विद्यालय कुन वर्गमा ?

नगरपालिकाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार काठमाण्डु वर्ल्ड स्कुल (वडा नं. ७) नगरभरकै एक मात्र ‘विशिष्ट’ श्रेणीमा पर्न सफल भएको छ। ‘विशिष्ट’ श्रेणी (१ विद्यालय)काठमाण्डु वर्ल्ड स्कुल (वडा नं. ७)
, ‘क’ वर्ग (१७ विद्यालय) उत्कृष्ट पूर्वाधार र शैक्षिक नतिजाका आधारमा १७ विद्यालय ‘क’ वर्गमा परेका छन्।

यस सूचीमा मिड भ्याली (वडा ४), मोर्डन बोर्डिङ (वडा ४), मेरिगोल्ड इङ्लिस (वडा २), रेन्बो इङ्लिस (वडा ४), क्यान्डिद करियर (वडा १), शंखधर मेमोरियल (वडा ४), विङ्ग्स एकेडेमी (वडा ५), माउण्ट एभरेष्ट (वडा ६), नेपाल इरा एकेडेमी (वडा ८), युनिटी इङ्लिस (वडा ५), माउण्ट भ्यु (वडा २), शंकर नेशनल (वडा ४), इडन गार्डेन (वडा ३), युरो स्कुल कटुञ्जे (वडा ५), श्री संजय साई विद्या मन्दिर (वडा ३), मदरल्याण्ड (वडा ९) र सेण्ट जोन्स (वडा ५) रहेका छन्।
३. ‘ख’ वर्ग (३६ विद्यालय) रहेका छन ।

नगरपालिकामा सबैभन्दा धेरै विद्यालयहरू ‘ख’ वर्गमा परेका छन्। यस सूचीमा ब्लु बर्ड (वडा १), मनोरम बोर्डिङ (वडा ५), मोडल जनता (वडा ३), नोवल स्कुल (वडा ३), प्रेशस इङ्लिस (वडा २), वेदिक स्कुल (वडा २), जनचेतना अंग्रेजी मावि (वडा २), सिरुटार इङ्लिस (वडा १), दधिकोट इङ्लिस (वडा ४), बुद्धोदय विद्याश्रम (वडा ४), युनिक एकेडेमी (वडा ५), सिद्धार्थ एकेडेमी (वडा ५), लिटल गार्डेन (वडा ७), तेजस्वी पाठशाला (वडा ५), ज्योति ज्ञान (वडा ८), पाथीभरा एकेडेमी (वडा ५)

त्यस्तै, डेन्स सेकेण्डरी (वडा ३), ह्वाइट रोज (वडा ८), हिमशिखर इङ्लिस (वडा ८), गुण्डु इङ्लिस (वडा ६), शरस पाठशाला (वडा १०), सूर्यदिप इङ्लिस (वडा ५), वी किड्स (वडा ६), आदर्श ज्योति (वडा ६), स्प्रीडडेल (वडा ८), ग्लोबल एकेडेमी (वडा १०), बालबालिका शिक्षा (वडा ३), अनन्त शिक्षा सदन (वडा ४), स्टुडेन्ट एकेडेमी (वडा ६), शिक्षा इङ्लिस (वडा ९), सिद्धिदास मावि (वडा ६), मिराकल स्कुल (वडा २), विमल मेमोरियल (वडा १०), आशा शिक्षा सदन (वडा १०), रुवी भ्याली (वडा ८) र हिमाल एकेडेमी (वडा ७) ख बर्गमा परेका छन् ।

यता ‘ग’ वर्ग (६ विद्यालय) रहेका छन् । न्यूनतम मापदण्ड पूरा गरेका ६ विद्यालयलाई ‘ग’ वर्गमा राखिएको छ। यसमा भक्तपुर मेपल स्कुल (वडा ६), प्रसादी पाठशाला (वडा ८), शान्ति निकेतन (वडा ५), मुनसाइन इङ्लिस (वडा ३), ज्ञानभ पाठशाला (वडा ५) र प्याराडाइज इङ्लिस एकेडेमी (वडा २) रहेका छन्।

नगरपालिकाले यस वर्गीकरणले विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धा बढ्ने, शैक्षिक गुणस्तर सुधार हुने तथा अभिभावकहरूलाई विद्यालय छनोटमा सहजता हुने विश्वास व्यक्त गरेको छ। साथै आगामी दिनमा यस्ता अनुगमन र मूल्यांकनलाई अझ प्रभावकारी बनाइने नगरपालिकाको भनाइ छ।