सूर्यविनायकमा माध्यमिक तह स्तरीय विज्ञान प्रदर्शनी


सूर्यविनायक समाचारदाता : सूर्यविनायक नगरपालिकाद्वारा आयोजना गरिएको माध्यमिक तह स्तरीय प्रतियोगितात्मक विज्ञान प्रदर्शनी कार्यक्रम–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। प्रदर्शनीमा नगर क्षेत्रभित्रका १६ विद्यालयको सहभागिता रह्यो।

प्रतियोगितामा ज्योति माध्यमिक विद्यालय प्रथम स्थान हासिल गर्न सफल भयो भने मनोरम इ. बो. द्वितीय र सिरुटार माध्यमिक विद्यालय तृतीय स्थानमा चयन भए। त्यस्तै, बिमल मेमोरियल स्कुलले सान्त्वना पुरस्कार प्राप्त गर्‍यो।

कार्यक्रमका विभिन्न प्राविधिक तथा वैज्ञानिक मोडेलहरूको उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले निरीक्षण गर्दै सहभागी विद्यार्थीहरूको सिर्जनशीलता, प्रस्तुती क्षमता र वैज्ञानिक सोचको सराहना व्यक्त गर्नु भयो।

नगरपालिकाका अनुसार यस प्रकारका कार्यक्रमहरूले विद्यार्थीहरूमा अनुसन्धान प्रवृत्ति, वैज्ञानिक चेतना र नवप्रवर्तनशीलता प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ।