सूर्यविनायक नगरपालिकाले शैक्षिक सत्र २०८२ अन्तर्गत आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) को परीक्षा तालिका सार्वजनिक गरेको छ। नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयबाट प्रकाशित सूचनाअनुसार नगरस्तरीय परीक्षा समिति (कक्षा–८) को निर्णयअनुसार कक्षा ८ को अन्तिम परीक्षा तोकिएको मिति र समयतालिकाअनुसार सञ्चालन हुनेछ।
परीक्षा सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा एकै समयमा सञ्चालन हुने जनाइएको छ। परीक्षा बिहान ८ः०० बजे देखि सुरु हुने छ।
सार्वजनिक गरिएको तालिकाअनुसार परीक्षा कार्यक्रम यस प्रकार रहेको छः
२०८२/१२/०६ (शुक्रबार) – अनिवार्य नेपाली
२०८२/१२/०८ (आइतबार) – अनिवार्य गणित
२०८२/१२/०९ (सोमबार) – हाम्रो सूर्यविनायक (स्थानीय विषय)
२०८२/१२/१० (मंगलबार) – अनिवार्य अंग्रेजी
२०८२/१२/११ (बुधबार) – स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला
२०८२/१२/१२ (बिहीबार) – विज्ञान तथा प्रविधि
२०८२/१२/१५ (आइतबार) – सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा
नगरपालिकाले गणित, अंग्रेजी तथा विज्ञान तथा प्रविधि विषयको प्रश्नपत्र राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरबाट उपलब्ध गराइने जनाएको छ।
साथै सम्बन्धित विषयका नमुना प्रश्नहरू राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमार्फत उपलब्ध भएकाले विद्यार्थीहरूलाई पूर्वतयारी गर्न सूचनामार्फत अनुरोध गरिएको छ।
नगरपालिकाले तोकिएको मिति, समय र निर्देशिकाअनुसार परीक्षा सञ्चालनमा सहयोग गर्न सबै विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूलाई आग्रह गरेको छ।





