सूर्यविनायक नगरपालिका वडा नं. १ मा वडा स्तरीय बाल अधिकार समितिको आयोजनामा मिति २०८२/१२/२२ गतेदेखि एक हप्तासम्म महत्वपूर्ण अनुगमन कार्यक्रम सम्पन्न गरिएको छ।

यस क्रममा वडा भरिका पसल तथा विभिन्न व्यवसायहरूमा बालश्रम प्रयोग भइरहेको छ कि छैन तथा १८ वर्ष मुनिका बालबालिकालाई मदिरा तथा लागू पदार्थ बिक्री वितरण भइरहेको छ कि छैन भन्ने विषयमा सम्बन्धित निकायले संयुक्त रूपमा अनुगमन गरेका थिए।

अनुगमनमा स्थानीय तह, प्रहरी तथा सरोकारवाला निकायको सक्रिय सहभागिता रहेको थियो।

अनुगमनका क्रममा केही व्यवसायहरूमा नियमविपरीत बालबालिकालाई काममा लगाइएको तथा नाबालकलाई मदिरा बिक्री गरिएको भेटिएपछि सम्बन्धित व्यवसायीलाई सचेत गराइएको छ।

⚠️ साथै, यस्ता गतिविधि दोहोरिएमा कडा कानुनी कारबाही गरिने स्पष्ट चेतावनी दिइएको छ।

🙏 अनुगमन टोलीले सम्पूर्ण व्यवसायीलाई:
• बालश्रम प्रयोग नगर्न
• १८ वर्ष मुनिका बालबालिकालाई मदिरा तथा लागू पदार्थ बिक्री नगर्न
• बालअधिकारको संरक्षणमा जिम्मेवार बन्न आग्रह गरेको छ
👶 बालअधिकार संरक्षण सबैको साझा जिम्मेवारी हो।
आउनुहोस्, सुरक्षित र बालमैत्री समाज निर्माणमा सबैले हातेमालो गरौं।





